०४ असार २०८३, बिहीबार

सिटी एक्सप्रेसले ल्यायो 'दशैं-तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख' योजना

भदौ १६, २०८२
काठमाडौं
सिटी एक्सप्रेसले ल्यायो 'दशैं-तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख' योजना

सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठलाई लक्षित गर्दै लगातार ९ हप्तासम्म चल्ने गरी 'यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख' उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर चर्चित हास्य कलाकार जितु नेपालको उपस्थितिमा उक्त अफर सार्वजनिक गरिएको हो ।

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत 'लक्की ड्र'मार्फत हरेक हप्ता १ जनालाई १ लाख र  हरेक दिन सबैलाई 'सिटी पे'बाट क्याश ब्याक पाउने छन् ।

कम्पनीका अनुसार, यस 'यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख'  अफर भदौ १६ देखि कात्तिक १५ गतेसम्म लागू हुनेछ ।

यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहारका विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले 'सिटी पे' वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै 'सिटी पे'बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्