१५ असार २०८३, सोमबार

आफ्नै विद्यार्थी बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

भदौ १६, २०८२
विराटनगर
आफ्नै विद्यार्थी बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुरमा आफ्नै विद्यार्थी बलात्कार गरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।

जिल्लाको बेलका नगरपालिका-२ मा सञ्चालित कञ्चनजङ्गा हिमशिखर सामुदायिक इङ्ग्लिस बोर्डिङका प्रधानाध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका हुन् । 

उनले आफ्नै विद्यालयमा अध्ययन गर्ने १४ वर्षीया बालिका बलात्कार गरेको आरोप छ । ‘तीन दिन अगाडिको घटना रहेछ’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङले भने, ‘हिजो आइतबार जाहेरी परेको थियो । हिजो नै हामीले नियन्त्रणमा लिएका हौं ।’

आरोपित श्रेष्ठले विद्यालयकै कोठामा बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरी पाउँ भनि बालिकाका आफन्तले आइतबार नै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी दोङले बताए ।

पक्राउ गरिएका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्