०५ असार २०८३, शुक्रबार

करेन्ट लागेर दुई जनाको मृत्यु

भदौ १६, २०८२
काठमाडौं
करेन्ट लागेर दुई जनाको मृत्यु

रौतहट र बारामा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको छ । 

रौतहटको बौधीमाई नगरपालिका-४ इनर्वारी टोल बस्ने ५२ वर्षीय अजय नारायण मिश्राको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो । 

पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, बाराको विश्रामपुर गाउँपालिका-५ इटियाही टोल बस्ने १९ वर्षीय राम विनय यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 

विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगञ्ज पर्सामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्