
रौतहटमा खोलामा डुबेर ६० वर्षीया महिलाको मृत्यु भएको छ ।
राजपुर नगरपालिका-७ अकोलवा बस्ने ६० वर्षीया जयनक खातुनको सोही ठाउँस्थित कुरिया खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डुबेर अशक्त भएकी उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भएको हो ।