११ साउन २०८३, सोमबार

दुग्ध किसानलाई भुक्तानी दिन जनार्दन शर्माको माग

भदौ १६, २०८२
काठमाडौं
दुग्ध किसानलाई भुक्तानी दिन जनार्दन शर्माको माग

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले दुग्ध किसानलाई तत्काल भुक्तानी दिन सरकारसँग माग गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै उखु किसान आन्दोलनमै रहेका बेला दुग्ध किसानले पनि बिक्री गरेको दूधको पैसा नपाएर आन्दोलनमा आउनुपर्ने अवस्था राष्ट्रिय लज्जाको विषय भएको उल्लेख गरेका छन् ।

शर्माले वर्षातको बेला र दशैँको मुखमा किसानलाई आन्दोलनमा आउनुपर्ने बाध्यता नआओस् भन्दै दुग्ध किसानलाई तत्काल भुक्तानी दिनुपर्नेमा जोड दिएका छन् । 

‘उखु किसानहरू आन्दोलनमै रहेका बेला दूग्ध किसानहरू समेत आफूले बेचेको दूधको मूल्य नपाएर आन्दोलनमा आउनुपर्ने अवस्था राष्ट्रिय लज्जाको विषय बनेको छ’, शर्माले लेखेका छन्, ‘वर्षातको बेला र दशैँको मुखमा किसानहरूलाई आन्दोलनमा आउनुपर्ने बाध्यतामा नपारी तत्काल दूग्ध किसानको भुक्तानी  दिएर किसानहरूको जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

 

salt training

कमेन्ट गर्नुहोस्