१२ असार २०८३, शुक्रबार

मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ रातारात चोरियो

भदौ १७, २०८२
काठमाडौं
मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ रातारात चोरियो

मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ चोरी भएको छ । आइतबार राति अज्ञात समूहले पुलको फलामे रेलिङ चोरी गरेको सडक डिभिजन भरतपुरले जनाएको छ । 

यसबारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनलाई पनि जानकारी गराइसकिएको सडक डिभिजनले जनाएको छ । 

सम्भावित दुर्घटना न्यूनीकरण गर्न पुलमा फलामको पाइपहरू वल्डिङ गरी 'डेन्जर जोन एरिया कभर' गरिएको छ । 

सवारीसाधन चलाउँदा लेन अनुशासनमा रही विस्तारै सुरक्षित यात्रा गर्न डिभिजनले अनुरोध गरेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्