३१ जेठ २०८३, आइतबार

ह्यान्डराइटिङले बताउँछ तपाईंको व्यक्तित्व कस्तो छ ?

मंसिर २७, २०७४
ह्यान्डराइटिङले बताउँछ तपाईंको व्यक्तित्व कस्तो छ ?

काठमाडौं, २७ मंसिर — राम्रो ह्यान्डराइटिङले सबैलाई प्रभावित पार्छ र त्यही हेरेर पनि लेख्ने मान्छेको पढाइमा कति रुचि छ भन्ने देखाउँछ । हामी सबैको ह्यान्डराइटिङ फरक हुन्छ र यसैले मानिसको व्यक्तित्वको बारेमा धेरै कुरा बताउँछ । 

अक्षरको आकार
ठूलो अक्षर — तपाईंको ह्यान्डराइटिङमा अक्षर ठूलोठूलो लेख्नुहुन्छ भने जीवनप्रति तपाईंको खुला दृष्टिकोण छ । मानसम्मान पाउने तपाईंको इच्छा प्रबल छ । तपाईं कुनै पनि कुरामा छिट्टै बोर हुनुहुन्न । 

सानो अक्षर — तपाईं सानो अक्षर लेख्नुहुन्छ भने तपाईंमा एकाग्रता छ अनि जीवनप्रति तपाईंको दृष्टिकोण संकीर्ण छ भन्ने देखाउँछ । तपाईं आफ्नो लक्ष्यमा स्पष्ट र निश्चित हुनुहुन्छ । 

दबाब

कम दबाब — लेख्दाखेरी तपाईं अक्षरहरूमा कम दबाब दिनुहुन्छ भने तपाईं भावनालाई उजागर गर्न मन नपराउने व्यक्ति हो । तपाईं अभिव्यक्तिमा विश्वास गर्नुहुन्न । 

अधिक दबाब — लेख्दाखेरी अक्षरमा धेरै दबाब दिनुहुन्छ भने तपाईं भावुक मानिस हो । 

अक्षरबीचको अन्तर
बराबर अन्तर — तपाईंको ह्यान्डराइटिङमा अक्षरहरूका बीचको अन्तर बराबर छ भने तपाईंको जीवन सुल्झिएको छ र तपाईं मानसिक रूपमा सुल्झिएको मानिस हो । कुराहरूलाई कुशल प्रबन्धन गर्न तपाईं सिपालु हुनुहुन्छ । 

कम अन्तर — अक्षरहरूका बीच कम अन्तर हुँदा तपाईं समयको प्रबन्ध कुशलतापूर्वक गर्न सक्नुहुन्न । 

अधिक अन्तर — अक्षरहरूबीच धेर अन्तर हुँदा तपाईं स्वतन्त्रता मन पराउने व्यक्ति भएको थाहा लाग्छ । तपाईं कम्फर्ट जोनमा बस्न मन पराउनुहुन्छ । व्याकुल भएर बस्न तपाईंलाई मज लाग्दैन । 

अक्षरको झुकाव
सीधा — तपाईंको अक्षर सीधा छ भने तपाईं आफ्ना भावनाहरूलाई नियन्त्रित गर्नुहुन्छ र तौलेर मात्र अभिव्यक्त गर्नुहुन्छ । सबै काम सोचेर गर्ने बानी छ तपाईंको । 

देब्रे — अक्षर देब्रेतर्फ ढल्किने गरी लेख्नुहुन्छ भने तपाईं अन्तर्मुखी स्वभावको हुनुहुन्छ र स्वतन्त्रता तपाईंलाई प्रिय छ । 

दाहिने — अक्षर दाहिनेतिर ढल्काउनुहुन्छ भने तपाईं मानिसँग भेटघाट गर्न, कुराकानी गर्न र हिँडडुल गर्न मन पराउने खालको हुनुहुन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्