०८ साउन २०८३, शुक्रबार

तस्वीरमा हेर्नुहोस् बेइजिङको विशाल सैन्य परेड [फोटो फिचर]

भदौ १८, २०८२
काठमाडौं
तस्वीरमा हेर्नुहोस् बेइजिङको विशाल सैन्य परेड [फोटो फिचर]

चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा विजय दिवस परेड भैरहेको छ । दोस्रो विश्वयुद्धमा चीनमाथि जापानको पराजयको ८०औं वार्षिकोत्सवमा यो परेड आयोजना गरिएको हो । मिडिया रिपोर्टका अनुसार चीनले जापानको पराजयलाई आफ्नो सबैभन्दा ठूलो विजयको रूपमा प्रस्तुत गरिरहेको छ ।

कार्यक्रममा रूस, पाकिस्तान र इरानसहित २५ देशका नेताहरू भाग लिइरहेका छन् । चीनले पश्चिमी देशहरूविरुद्ध ग्लोबल साउथको ऐक्यबद्धता देखाउन र आफ्नो सैन्य शक्ति प्रदर्शन गर्न पनि यसको प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले विश्लेषण गरेका छन् । 

चिनियाँ राज्य प्रसारक सीसीटीभीका अनुसार बेइजिङमा चीनको सैन्य परेड हेर्न ५० हजारभन्दा बढी मानिसहरू भेला भएका छन् । भीडका प्रत्येक सदस्यलाई फहराउन चिनियाँ झण्डा दिइएको छ ।

null

यस परेडमा १० हजारभन्दा बढी चिनियाँ सैनिकहरू उपस्थित छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार, पीएलएले  धेरै नयाँ हतियारहरू प्रदर्शन गरेका छन् । 

null

परेडअघि सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँगै देखिएका थिए । पहिलोपटक यी तीन नेताहरू सार्वजनिक रूपमा सँगै देखा परेका हुन् । यी तीन नेताहरू परेड हेर्न आएका विश्वभरका नेताहरूको लाइनको अग्रपंक्तिमा छन् ।

null

चीनको विजय दिवस परेडमा सम्बोधन गर्दै उनले चीन कहिल्यै पनि कुनै धम्की दिने व्यक्तिबाट नडराउने बताए ।  'साथीहरू हामी चीनको विजयको ८० औं वार्षिकोत्सव मनाउन भेला भएका छौं । चीन कहिल्यै पनि कुनै धम्की दिने व्यक्तिबाट डराउँदैन र सधैं अगाडि बढिरहन्छ,' उनले भने, 'यो नयाँ यात्रा र नयाँ युग हो ।'

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : एपी र सिन्हवा

salt training

कमेन्ट गर्नुहोस्