३१ जेठ २०८३, आइतबार

हेटौँडालाई ३ नम्बर प्रदेशको  राजधानी बनाउन माग

मंसिर २७, २०७४
हेटौँडालाई ३ नम्बर प्रदेशको  राजधानी बनाउन माग

हेटौँडा, २७ मंसिर - संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नं प्रदेशको राजधानी हेटौँडा बनाउनुपर्ने माग गरेको छ । 

जिल्लाका जनताको भावनाअनुरुप राजनीतिक दल, सामाजिक संघ संस्था र स्थानीय तहको सरकारका तर्फबाट हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने समितिका संयोजक मुनु सिग्देल र सहसंयोजक बलराम बलद्वारा जारी विज्ञप्तिमा जनाइको छ । 

राजधानी बनाउन सरोकार समितिसमेत गठन गरी माग गरिँदै आएको भन्दै समितिले तत्कालीन सरकारले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकिसकेको भनी निर्वाचन प्रचारबाजीको विषय बनाएकामा विरोधसमेत गरेको छ । 

“तत्काल राजधानी बनाउने दबाबलाई भ्रमित पार्ने काम गरेको हुँदा उक्त गलत प्रचारबाजीको घोर विरोध गर्दै, वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दै गरेको हुँदा हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि तुरुन्त निर्णय गर्न जोडदार माग गर्दछ”–विज्ञप्तिमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्