३१ जेठ २०८३, आइतबार

गुल्मेली समाज जापानद्वारा आमाको किरिया बस्ने वालिकालाई सहयोग

कात्तिक २०, २०७४
गुल्मेली समाज जापानद्वारा आमाको किरिया बस्ने वालिकालाई सहयोग
गुल्मी, माघ ७ -- चारदिनकी सुत्केरी आमालाई गुमाउन विवश गुल्मीका चार वालीकाहरुलाई गुल्मेली समाज जापानले आर्थिक सहयोग प्रदान गरेको छ । गत कात्तिक २० गते सुत्केरी भएपछि पक्षघातका कारण १३ दिनमै ज्यान गुमाएकी गुल्मी पुर्कोटदहकी दुर्गा कुमारी भुसालका चार छोरीहरुको अध्यनका लागि समाजको तर्फवाट एक लाख ५ हजार ५ सय रुपैंयाँ प्रदान गरिएको हो ।

गुल्मेली समाज जापानको तर्फवाट पठाईएको उक्त रकम शुक्रवार स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठद्वारा स्थानीय समाजसेवी वोमबहमदुर कुँवर र संचारकर्मीहरुको रोहवरमा उनकी १३ वर्षीय छोरी संगिता भुसाललाई हस्तान्तरण गरिएको थियो । छोरा जन्माउने आशामा ३६ वर्षको उमेरमा नौं सन्तानहरु जन्माएकी भुसालको सुत्केरी भएको १३ दिनमै उपचारको क्रममा मृत्यू भएको थियो ।

गुल्मेली समाज जापानले उपलव्ध गराएको रकम हस्तान्तरण गर्दै स्थानीय विकास अधिकारी श्रेष्ठले समाजमा अझै पनि छोरा जन्माउनुपर्छ भन्ने सोंचमा परिवर्तन आउन नसक्दा धेरै महिलाहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता भएको बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा उहाँले दाताहरुवाट प्राप्त सहयोग रकमलाई सही तरिकावाट सही ठाउँमा लगाईदिन समेत स्थानीय समाजसेवीहरुलाई आग्रह गर्नु भएको छ ।

संचार माध्यमहरुवाट खबर थाहापाएपछि संस्थाको तर्फवाट पुर्कोटदहका ती अनाथ वालवालीकाहरुको लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले सवैको सहयोगमा छोटो समयमा पनि उक्त रकम संकलन गरि पठाएको गुल्मेली समाज जापानका अध्यक्ष शालीकराम भण्डारीले बताउनु भयो । उनीहरुको अध्यनका लागि स्वदेश तथा विदेशवाट समेत गरि हाल १३ लाख रुपैंयाँ संकलन भै सकेको छ । यी बालिकाहरुले आमाको किरिया गरेका थिए ।
- जनार्दन घिमिरेको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्