०५ असार २०८३, शुक्रबार

स्वास्थ्य सेवाका नाममा यी हुन् बिरामी ठग्ने अस्पताल

मंसिर २८, २०७४
स्वास्थ्य सेवाका नाममा यी हुन् बिरामी ठग्ने अस्पताल

काठमाडौँ, २८ मङ्सिर- राजधानीका ठूला अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परेको छ । जनताले विश्वास गरेका अस्पतालहरूले नै बिरामीबाट पाँचदेखि १० प्रतिशतसम्म गैरकानुनी रकम असुल्ने गरेको फेला परेको खबर नयाँ पत्रिकामा छापिएको छ ।

बिरामीको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था विभागले गरेको अनुगमनका क्रममा राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, ग्वार्कोमा रहेको बी एन्ड बी र बाँसबारीस्थित न्युरो अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम सेवाशुल्कका नाममा उठाउने गरेको पाइएको हो ।

आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जनता र राज्यले विश्वास गरेका ठूला अस्पतालले गरिब बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुलेर ठग्ने गरेको फेला परेको जानकारी दिए । दाहालले भने, ‘अस्पतालबाट सरकारले पाँच प्रतिशत मात्रै स्वास्थ्य सेवा कर लिने गरेको छ । तर, यी अस्पतालले १३ प्रतिशतसम्म कर असुलेको पाएका छौँ । यो गैरकानुनी कार्य हो ।’
ग्रान्डी, बी एन्ड बी र न्युरो अस्पतालले करका नाममा मोटो रकम ठगी गर्दासमेत स्वास्थ्य क्षेत्रका सम्बन्धित निकाय मौन बसेको भन्दै दाहालले आपत्ति जनाए । 
 

salt training

कमेन्ट गर्नुहोस्