०९ असार २०८३, मंगलबार

अपजस झेल्दै देउवा

मंसिर २८, २०७४
अपजस झेल्दै देउवा

काठमाडौं, २८ मङ्सिर-  ‘सर्छ/सर्छ' भनिएको संघ प्रदेश चुनाव तोकिएकै मितिमा सफलतापूर्वक गराए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई चैन छैन। तत्कालीन पहिलो ठूलो दल कांग्रेसका यी सभापतिलाई चुनावमा पार्टी पराजयको अपजस झेल्नै भ्याइनभ्याई छ।

देउवाले हाँकिरहेको कांग्रेसलाई यसपल्ट जनमतले तेस्रो वरीयतामा खुम्च्यायो। निर्वाचनमा ‘अनपेक्षित परिणाम आएकाले' नैतिकताका आधारमा राजीनामा दिन र विशेष महाधिवेशन बोलाउन उनलाई पार्टीभित्रैबाट तीव्र दबाब परिरहेको छ।

तर, देउवा आफैंले भने यो परिणामलाई ‘अपेक्षित र स्वाभाविक' भनेका छन्। दोस्रो र तेस्रो ठूला पार्टीबीच गठबन्धन बनेपछि कांग्रेस कमजोर देखिनु स्वाभाविक रहेको निष्कर्ष देउवाले निकालेको उनी निकटस्थहरू बताउँछन्। देउवासम्बद्ध स्रोतका अनुसार निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्रीकहाँ कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ३२ सिट मात्रै जित्नसक्ने रिपोर्ट आएको थियो। जबकि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उसले २३ सिट मात्रै जितेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्