११ साउन २०८३, सोमबार

टुकीबत्तीले लियो पवित्राको ज्यान

मंसिर २८, २०७४
टुकीबत्तीले लियो पवित्राको ज्यान

इलाम, २८ मंसिर– इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । 
बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । 
इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
रातको समयमा घरमा बालिएको टुकीबत्ती लडेर आगलागी भएको र आगो सल्केपछि भाग्नेक्रममा महिला घाइते भएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । 
आगलागीबाट नेपालको घर र त्यसभित्र रहेका भाडावर्तन, लत्ताकपडा, खाद्यान्नलगायतका सरसमान नष्ट हुँदा तीन लाख रुपैँया भन्दा बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्