
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संयमित बन्न आग्रह गरेका छन् । बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा नेत्रलाल अभागीको कविता सेयर गर्दै धैर्य गर्न र संयमित बन्न आग्रह गरेका हुन् । उनले आफूहरू फेरि उठ्ने विश्वास गरेका छन् । ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौं,’ उनले लेखेका छन् ।
यसैगरी, उनले सेयर गरेको कवितामा आँधी र हुरी नचलेको बेला, वातावरण स्तब्ध र शान्त भएको घडीमा एउटा नर्कट पनि छाती खोलेर ठिङ्ग उभिन सक्छ भन्ने उल्लेख छ ।
‘एउटा कायरले पनि बहादुरीका लामालामा कुरा गर्न सक्छ तर, मेरा मित्र आँधी र हुरी चलिरहेको बेलामा, वातावरण गतिशील र अशान्त भएको घडीमा, पहाडको चुचुरोमाथि आँधी र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।’