
मुलुकको शासकीय शून्यता अन्त्य गर्नका लागि पहल भइरहेको नेपाली सेनाले जनाएको छ ।
आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्दै समस्या समाधानको प्रयास भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको हो ।
'आन्दोलनपश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानका निमित्त सम्बद्ध पक्षहरूबीच समन्वय भइरहेको हुँदा आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरूलाई दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुनेछ,' सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा भनिएको छ ।
साथै, विज्ञप्तिमा निषेधाज्ञा आज साँझ ५ बजेसम्म र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु निरन्तर रहने विज्ञप्तिमा जनाइएको छ ।

