०१ असार २०८३, सोमबार

एटीएमको आविष्कार किन र कसरी भयो ?

मंसिर २८, २०७४
एटीएमको आविष्कार किन र कसरी भयो ?

काठमाडौं, २८ मंसिर — अटोमेटिक टेलर मशिन (एटीएम) को आविष्कारले आधुनिक जीवन धेरै सहज भएको छ । एटीएमका कारण अहिले हामीले बैंकमा लामो लाइनमा बसिरहनुपर्दैन ।

एटीएमको आविष्कारसम्बन्धी जानकारी हामी यहाँ प्रस्तुत गर्दैछौं । 

एटीएमको आविष्कारको श्रेय जोन शेफर्ड ब्यारनलाई दिइन्छ । यसअघि लुथर जर्ज सिमियन नामक अमेरिकी नागरिकले सन् १९३९ मा नै एटीएम मशिन तयार पारेका थिए तर त्यो खाली डिपोजिट मशिन थियो । त्यसमा क्याश र चेक जम्मा गर्न मात्र मिल्थ्यो । 

त्यसको नाम बैंक मेटिक थियो । तर ६ महिनापछि बैंकले यसलाई नका–यो किनकि यसको प्रयोग लगभग शून्य नै थियो । 

सन् १९६० को दशकमा जोन शेफर्ड ब्यारनलाई २४ घन्टा नै पैसा निकाल्न मिल्ने मशिन बनाउने आइडिया आयो । 

ब्यारन एकदिन पैसा निकाल्न बैंक जाँदा बन्द भइसकेको थियो । त्यतिखेर उनको मनमा कुनै पनि बेलामा पैसा निकाल्न मिल्ने मशिन भए हुन्थ्यो भन्ने विचार खेल्यो । 

त्यसपछि उनी यस्तो मशिन बनाउन थाले र अन्ततोगत्वा सफलता पाए । ब्यारनले बनाएको पहिलो एटीएम मशिन सन् १९६७ को २७ जुनमा लन्डनको बार्क्लेज बैंकको एक शाखामा राखियो । 

एटीएमको पिन जहिलेपनि चार डिजिटकै हुन्छ । यसको रमाइलो कथा छ । 

ब्यारनले शुरुमा ६ डिजिट भएको एटीएम पिन दिएका थिए तर उनकी पत्नीलाई यति लामो पिन याद राख्न गाह्रो भयो । त्यसैले उनले पिनको डिजिट घटाएर चार पु–याए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्