२९ असार २०८३, सोमबार

संयमता अपनाउन संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसको आग्रह

भदौ २५, २०८२
काठमाडौं
संयमता अपनाउन संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसको आग्रह
फाइल फोटो

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गरेका हुन् ।

महासचिव गुटेरेसले सो विषयमा गहिरो अनुसन्धान गर्न, हिंसा थप बढ्न नदिन संयमता अपनाउन र रचनात्मक मार्ग प्रशस्त गर्नका लागि वार्तालाप गर्न आग्रह गरेका छन् ।

साथै उनले मानवअधिकार कानूनको पालना गर्न पनि आह्वान गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्