०८ असार २०८३, सोमबार

मैवाखोलामा पहिरो : एउटा घर पुरियो, एक जना बेपत्ता

भदौ २५, २०८२
ताप्लेजुङ
मैवाखोलामा पहिरो : एउटा घर पुरियो, एक जना बेपत्ता

ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ च्यानडाँडा क्षेत्रमा गएको पहिरोले स्थानीय लाक्पा खाङ्डु शेर्पाको घर पुरेको छ । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार घरमा रहेका शेर्पाका तीन नातिनातिनी भने भेटिएका छन् । 

तीन जनामध्ये एक जना घाइते भएका छन् भने लाक्पा खाङ्डु शेर्पा भने बेपत्ता भएका छन् । 

अविरल वर्षाका कारण अहिले बिहान पहिरो गएको थियो । गाउँपालिकाले स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

उक्त ठाउँको थप अवस्था बुझ्ने र उद्धारका लागि पहल भइरहेको अध्यक्ष वनेमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्