२३ असार २०८३, मंगलबार

मैवाखोलामा पहिरो, एक जना बेपत्ता

भदौ २५, २०८२
ताप्लेजुङ
मैवाखोलामा पहिरो, एक जना बेपत्ता

मैवाखोला गाउँपालिका–६ च्यानडाँडा क्षेत्रमा गएको पहिरोले स्थानीय लाक्पा खाङ्डु शेर्पा (चेप्टे शेर्पा)को घर पुरेको छ ।

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार, घरमा रहेका शेर्पाका तीन नाति-नातिनी भने भेटिएका छन् ।

तीन जनामध्ये एक जना घाइते भएका छन् भने लाक्पा खाङ्डु शेर्पा भने बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण अहिले बिहान पहिरो गएको थियो ।

गाउँपालिकाले स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । उक्त ठाउँको थप अवस्था बुझ्ने र उद्धारका लागि पहल भइरहेको अध्यक्ष वनेमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्