२३ असार २०८३, मंगलबार

विद्युतका केही फिडर 'शटडाउन'को अवस्थामा, प्राधिकरणले गर्‍यो यस्तो अपिल

भदौ २५, २०८२
काठमाडौं
विद्युतका केही फिडर 'शटडाउन'को अवस्थामा, प्राधिकरणले गर्‍यो यस्तो अपिल

नेपाल विद्युत प्राधिकरणले मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनलाई सहज आवागमनको व्यवस्था मिलाइदिन अपिल गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले कार्यालय सञ्चालन र अत्यावश्यक सवारी आवागमनमा सहजीकरणका लागि अपिल गरेको हो ।

'विद्युत् संरचनाको मर्मत कार्यमा खटिने अत्यावश्यक सवारी साधनहरूको आवागमन तथा कार्यालय सञ्चालनमा सहजीकरण गर्न सहयोग पुर्‍याई विद्युत् सेवा छिटो सुचारू गर्न आवश्यक सहयोगका लागि सम्बद्ध सबै पक्षसँग हार्दिक अनुरोध गर्दछौं,' प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विषम परिस्थितिका कारण केही फिडरलाई शटडाउनको अवस्थामा राखिएको र केही स्थानमा मर्मतमा कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । 

साथै, प्राधिकरणले विद्युत् आवागमनमा समस्या भएमा हटलाइन ११५० मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्