जिल्ला कारागार कार्यालय धादिङ सेनाको नियन्त्रणमा आएको छ ।
कैदीबन्दीहरू तोडफोडसहित भाग्न खोजेपछि कारागार सुरक्षाका लागि सेना र प्रहरी खटिएका थिए । त्यसक्रममा केही राउन्ड हवाई फायर समेत भएको छ ।
झडपमा क्रममा ८ जना कैदीबन्दी घाइते भएका र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
कैदीबन्दी गेट फुटाएर बाहिर निस्किन प्रयास गरेका थिए । अहिले कारागार पूर्ण रूपमा सेनाले नियन्त्रणमा लिइसकेको डीएसपी हमालले बताए । धादिङ कारागारमा २४३ कैदीबन्दी छन् ।
‘रवि लामिछानेलाई छोड्ने हामीलाई किन नछोड्ने भन्दै उनीहरूले नाराबाजी र तोडफोड गरेका थिए । कि रविलाई पनि समाऊ, होइन भने हामीलाई पनि जान देऊ भन्ने नारा लागेको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ’, धादिङ प्रहरीका एक अधिकारीले भने ।