१० असार २०८३, बुधबार

फ्रान्समा सरकारविरुद्ध विशाल प्रदर्शन

भदौ २६, २०८२
काठमाडौं
फ्रान्समा सरकारविरुद्ध विशाल प्रदर्शन

फ्रान्समा सरकारविरुद्ध विरोध प्रदर्शन शुरू भएको छ। राष्ट्रपति इमानुएल म्याक्रोनविरुद्ध फ्रान्सका जनता सडकमा निस्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारअनुसार फ्रान्सको राजधानी पेरिसमा धेरै ठाउँमा आगजनी भइरहेको छ र मानिसहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् । 

फ्रान्सका जनता राष्ट्रपति इमानुएल म्याक्रोनको नीतिविरुद्ध सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

म्याक्रोन सरकारले जनताको जीवनस्तर सुधार गर्न सक्ने एउटा पनि काम नगरेको उनीहरूको आरोप छ । 

फ्रान्सभरि लगभग ८० हजार सुरक्षा बल तैनाथ गरिएको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्