१५ असार २०८३, सोमबार
जेनजी आन्दोलन

जेनजी अगुवा भन्छन्– हामीमा फाटो ल्याउन खोजिँदैछ, संसद् विघटन प्रमुख एजेन्डा !

भदौ २६, २०८२
काठमाडौं
जेनजी अगुवा भन्छन्– हामीमा फाटो ल्याउन खोजिँदैछ, संसद् विघटन प्रमुख एजेन्डा !

पछिल्लो आन्दोलनको नेतृत्व गरेको जेनजी समूहले संसद् विघटन र अन्तरिम सरकार आफूहरूको प्रमुख एजेन्डा भएको बताएको छ ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्ने जेनजी समूहका अगुवाहरूले संसद् विघटनलाई प्रमुख एजेन्डाका रूपमा अगाडि सारेका हुन् ।

साथै, उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने पनि बताए ।

आफूहरूबीच फाटो ल्याउने प्रयास भइरहेको भन्दै उनीहरूले त्यसप्रति सचेत हुनुपर्ने पनि बताए ।

हामी नेपाल समूहका नेतृत्वकर्ता सुदन गुरुङलगायत पत्रकार सम्मेलनमा उपस्थित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्