१० साउन २०८३, आइतबार
राष्ट्रपतिको अपिल

लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्थाका लागि विमर्श गरिरहेको छु- राष्ट्रपति

भदौ २६, २०८२
काठमाडौं
लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्थाका लागि विमर्श गरिरहेको छु- राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले देशमा लोकतन्त्रको संरक्षण र  शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विमर्श गरिरहेको बताएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भन्ने पनि आफूले विचार विमर्श एवं हर प्रयास गरिरहेको राष्ट्रपति पौडेलले बताएका छन् ।

आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन राष्ट्रपति पौडेलले अपिल गरेका छन् ।

‘र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु’, राष्ट्रपति पौडेलले विज्ञप्तिमा भनेका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्