२३ जेठ २०८३, शनिबार

जापानमा २० वर्षपछि आत्महत्या घट्यो, यस वर्ष २२ हजार आत्महत्या !

कात्तिक २०, २०७४
जापानमा २० वर्षपछि आत्महत्या घट्यो, यस वर्ष २२ हजार आत्महत्या !

जापान–जापानमा आत्महत्या गर्नेहरुको संख्या करिब २२ वर्षपछि घटोको छ । सन् १९९५ पछि पहिलोपटक २२ हजार भन्दा कम व्यक्तिले जापान प्रहरीले सार्वजनिक गरेको रिपोर्ट पेश गरेको छ ।

जापान प्रहरीले सार्वजनिक गरेको एक सरकारी रिपोर्ट अनुसार २१ हजार ७ सय ६४ ले १ जनवरी देखि ३१ डिसेक्बरका बीचमा आत्महत्या गरेका छन् । जुन सन् १९९५ पछिको कम आत्महत्या हो ।

आत्महत्या गर्नेहरुमा १५ हजार १७ पुरुष र ६ हजार ७ सय ७४ महिला भएको रिपोर्टमा उल्लेख गरिएको छ । उनीहरुमध्ये धेरै स्वास्थ्य र आर्थिक कारणले गर्दा आत्महत्या गरेका जनाइएको छ ।

आत्यमहत्या गर्नेमा ४० देखि ६० वर्षसम्मका नागरिक रहेको जनाइएको छ ।

जापानमा सन् २००३ मा सवैभन्दा धेरैले आत्महत्या गरेका छन् । उक्त वर्ष ३४ हजार ४ सय २७ मानिसले आत्महत्या गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्