२३ असार २०८३, मंगलबार

ट्रम्पको शपथग्रहण समारोहमा बलिउड पनि झल्किने

कात्तिक २०, २०७४
ट्रम्पको शपथग्रहण समारोहमा बलिउड पनि झल्किने
काठमाडौं, ७ माघ — अमेरिकाको राष्ट्रपतिका रूपमा शपथ लिन लागेका डोनाल्ड ट्रम्पको स्वागतमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ ।


अमेरिकी समय अनुसार दिउँसो सबा एक बजेदेखि साँझ ६ बजेसम्म वाशिङटनको लिन्कन मेमोरियल र जेएफके मेमोरियलमा विभिन्न कलाकारले अनेकथरी पर्फर्मेन्स दिनेछन् ।

समारोहमा बलिउडको पनि उपस्थिति देखिनेछ । कोरियोग्राफर सुरेश मुकुन्दको नृत्य समूहले यस अवसरमा नाच्ने पक्का भएको छ । ‘एक्सन ज्याकसन’ नामक फिल्ममा देखिएकी मनस्वी ममगईले नृत्य समूहको प्रतिनिधित्व गर्दैछिन् ।

सात मिनेटसम्म भारतीय परम्परागत नृत्य र बलिउडी नृत्य प्रदर्शन हुनेछ ।

यसका अलावा ड्रमर रवि जाखोटियाले पनि समारोहमा आफ्नो कला पेश गर्नेछन् ।

अमेरिकाका प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्पलाई राष्ट्रपतिको शपथ दिलाउनेछन् ।

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्