०२ असार २०८३, मंगलबार

क्रिकेटर मल्लले गरे, स्वास्थ्य परिक्षण मेसिनको उद्घाटन

मंसिर २८, २०७४
क्रिकेटर मल्लले गरे, स्वास्थ्य परिक्षण मेसिनको उद्घाटन

काठमाडौं, २८ मंसिर- सम्यक डाईग्नोस्टिक प्रा.लि. जावलाखेलले विशेष रक्त परिक्षण एवं स्वास्थ्य परिक्षण गर्न सुरु गरेको छ ।  नेपाल क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले उक्त रक्त परिक्षण एवं स्वास्थ्य परिक्षणको उद्घाटन गरेका हुन् ।  उद्घाटन कार्यक्रममा बोल्दै मल्लले बाहिरी रुपमा आफू स्वस्थ जस्तो लागे पनि शरिरको वास्तविकता थाहा पाउन यो परिक्षण गर्नु व्यवसायिक तथा गैर व्यवसायिक खेलाडीहरुलाई जरुरी रहेको बताए । 


उनले भने, ‘खेलाडीहरु शारीरिक रुपले तन्दुरुस्त देखिएता पनि शरीर भित्र उत्पन्न हुने विभिन्न केमिकल हार्माेको मात्रा वारे जानकारी पाउनु आवश्यक छ किनकी शरीरमा लुकेको रहस्य पत्ता लगाउने उत्तम एवं सरल उपाय रक्त परिक्षण नै हो । आफूले गरेको शारिरीक व्यायाम र रक्त परिक्षणको राम्रो समिश्रणले नै खेलाडीको मनोबल र आफ्नो कलामा उत्कृष्टता दिलाउन मद्दत गर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्