१७ असार २०८३, बुधबार

सरकारी वकिलले माघ ९ देखि वहस वहिष्कार गर्ने

कात्तिक २०, २०७४
सरकारी वकिलले माघ ९  देखि वहस वहिष्कार गर्ने
काठमाडौं, ७ माघ — सरकारी वकिलहरूले माघ ९ गते आइतवारदेखि सम्पूर्ण बहस तथा पैरवि वहिष्कार गर्ने निर्णय गरेका छन् । आज एउटा विज्ञप्ती जारी गर्दै सरकारी वकिलका टे«ड युनियनहरूले यस्तो निर्णय गरेका हुन् ।

न्यायपरिषद्ले उच्च अदालतका न्यायाधीश नियुक्तीमा सरकारी वकिलहरुलाई अपमान गरेको भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् । उनीहरुले सो निर्णय सच्याउनुपर्ने समेत बताएका छन् । वरिष्ठ सरकारी वकिलहरूलाई उपेक्षा गरेर वकिल समूहमा कार्यारत सम्पूर्णको अपमान गरिएको समेत उनीहरुले बताएका हुन् ।

निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन महान्यायाधीवक्ताको कार्यालय शाखा, नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै आइतवारदेखि सर्वोच्च अदालत र देशभर रहेका मातहतका सम्पूर्ण अदालतमा इजलास वहिष्कार गर्ने निर्णय गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्