०१ असार २०८३, सोमबार

भक्तपुरमा समानुपातिकतर्फ एमाले पहिलो, मजदुर किसान पार्टीको भोट अर्थहीन !

मंसिर २८, २०७४
भक्तपुरमा समानुपातिकतर्फ एमाले पहिलो, मजदुर किसान पार्टीको भोट  अर्थहीन !

भक्तपुर, २८ मंसिर - प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ ।

एमालेले ४२ हजार ७७६ मत प्राप्त गरी पहिलो बनेको हो । नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४९० मत प्राप्त दोस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ, यद्यपी सो पार्टीले थ्रेसहोल्ड कटाउन नसक्दा भोट  अर्थहीन भएको छ  । 

यसैगरी नेपाली काँग्रेसले २६ हजार ३९१ मत प्राप्त गरी तेस्रो भएको छ भने विवेकशील साझा पार्टीले आठ हजार ९५३, माओवादी केन्द्रले सात हजार ४०५, राप्रपा प्रजातान्त्रिकले तीन हजार २६६ र राप्रपाले तीन हजार १८३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए  । 

भक्तपुरमा समानुपातिकतर्फ ४९ वटा दलले मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्