१३ असार २०८३, शनिबार

यो हो संसारको सबभन्दा मोटो परिवार, घरबाट ननिस्केको तीन वर्ष भयो

मंसिर २९, २०७४
यो हो संसारको सबभन्दा मोटो परिवार, घरबाट ननिस्केको तीन वर्ष भयो

काठमाडौं — अमेरिकाको एक परिवारका तीन दाजु बहिनीको संयुक्त तौल ९०७ किलो छ । उनीहरू यसरी भयानक मोटाउनुमा जथाभावी खाने बानी नै एकमात्र कारण हो ।

आफ्नो जिभ्रोलाई नियन्त्रण गर्न नसकेर उनीहरू खाएको खायै गर्न थाले अनि उनीहरूको तौल अस्वाभाविक रूपमा बढ्न थाल्यो । 

उनन्चास वर्षका चिटोका, ४३ वर्षका ड्रु र ३० वर्षकी नाओमीले अत्यधिक मोटोपनका कारण घरबाट ननिस्केको पनि तीन वर्ष भइसकेको छ । 

हालै एक न्युज च्यानलले यी तीनैमाथि एउटा वृत्तचित्र बनाएको थियो । फेमिली बाई द टन नामक डक्युमेन्ट्रीमा मोटोपनका कारण यिनीहरूको जिन्दगी कस्तो छ भनी देखाइएको छ । 

शूटिङका बेलामा उनीहरूले बताएअनुसार, उनीहरू सामान्य कारमा बस्नै नसक्ने भएकाले घरबाहिर निस्कन नसकेका हुन् । उनीहरूले आफ्ना लागि एउटा कार मोडिफाई गरेर बनाएका छन् । 

सबभन्दा धेरै तौल ड्रुको छ । उनी ३०४ किलोका छन् । दिनमा दर्जनौं पिज्जा उनीहरू खान्छन् । 

तर अहिले उनले यो बानीका कारण मृत्युको मुखमा आफू धकेलिएको थाहा पाएका छन् । उनी भन्छन्, ‘हामीले आफ्नो जिन्दगीसँग किन खेलवाड गरेको होला म बुझ्दिनँ । हामीले छिट्टै सुध्रिनुपर्छ ।’

तीनैजनाले आफूलाई नियन्त्रित गर्नका लागि एक चिकित्सकको सहायता लिन थालेका छन् । डाक्टर चार्ल्स प्रोक्टरका अनुसार, तीनैको जिन्दगी धरापमा छ । उनीहरूले अस्वस्थ खाना खाएर आफूलाई मृत्युतर्फ धकेलेका छन् । सर्जरी गराएनन् भने यिनीहरूको कुनै पनि समयमा मृत्यु हुन सक्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्