०१ साउन २०८३, शुक्रबार

समानुपातिक अपडेट–सिन्धुपाल्चोकमा एमाले पहिलो, दोस्रो कुन दल ?

मंसिर २९, २०७४
समानुपातिक अपडेट–सिन्धुपाल्चोकमा एमाले पहिलो, दोस्रो कुन दल ?

सिन्धुपाल्चोकको समानुपातिक मतगणनामा एमालेले बढी मत पाएको छ । 

प्रतिनिधिसभामा एमालेले ५१ हजार २१ मत पाउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४१ हजार ३ सय ३२ मत पाएको छ । 

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २९ हजार ७ सय २७ मत पाएको छ भने राप्रपा प्रजातान्त्रिकले ९ हजार ७ सय ६७ मत पाएको छ । पाँचौ स्थानमा आएको विवेकशील साझाले एक हजार ५ सय ६४ मत पाएको छ । 

प्रदेशभामा पनि नेकपा एमालेले अग्रता बनाएको छ । प्रदेशसभा तर्फको समानुपातिकमा एमालेले ४६ हजार ३ सय पाँच मत पाएको छ । नेपाली कांग्रेसले ३७ हजार ३ सय ९६ मत पाएको छ । तेस्रो स्थाननमा रहेको नेकपमा

माओवादी केन्द्रले ३१ हजार ३ सय १ मत पाएको छ । राप्रपा प्रजातान्त्रिकले १० हजार २८ मत पाएको छ । विवेकशील साझापार्टीले १ हजार ५ सय ५२ मत पाएको छ । 

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा ५ सीट वाम गठवन्धनले जितेका थिए भने प्रदेशको एक सीट भने लोकतान्त्रिक गठवन्धनका उम्मेदवारले जितेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्