२४ असार २०८३, बुधबार

प्रचण्डले चुनाव जितेको चितवनमा माओवादीभन्दा कांग्रेस ठूलो पार्टी

मंसिर २९, २०७४
प्रचण्डले चुनाव जितेको चितवनमा माओवादीभन्दा कांग्रेस ठूलो पार्टी

चितवन, २९ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो पार्टी भएको छ । 

आज सम्पन्न समानुपातिक मत गणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९१ हजार ५०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८७ हजार ४१३ मत प्राप्त गरेको छ । 

यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ७९ हजार ५४४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७५ हजार ३६० मत प्राप्त गरेको छ । 

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र प्रतिनिधिसभातर्फ ३९ हजार ८१३ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४० हजार ६८७ मत प्राप्त गरेको छ । 

त्यसैगरी विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ नौ हजार ५२० र प्रदेशसभातर्फ नौ हजार २५२ मत प्राप्त गरेको छ । चितवनमा पाँचाँै दलका रुपमा राप्रपा (प्रजातान्त्रिक) आएको छ । उसले प्रतिनिधिसभातर्फ छ हजार ३६१ र प्रदेशसभातर्फ ६ हजार ९०० मत प्राप्त गरेको छ । 

चितवनमा कूल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । समानुपातिकतर्फ दुई लाख ६० हजार ८३२ मत खसेको थियो भने १५ हजार ३९० मत बदर भएको छ । क्षेत्र नं १ मा ८९ हजार ६२१ मत खसेकामा चार हजार ९२८ मत बदर भएको छ । क्षेत्र नं २ मा ७६ हजार ७८१ मत खसेकामा तीन हजार ८०७ मत बदर भएको छ भने क्षेत्र नं ३ मा ९३ हजार ८२३ मत खसेकामा ६ हजार ६५५ मत बदर भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्