३१ जेठ २०८३, आइतबार

मात्र ०.१ प्रतिशत धनीसँग विश्वको १३ प्रतिशत सम्पत्ति

मंसिर २९, २०७४
मात्र ०.१ प्रतिशत धनीसँग विश्वको १३ प्रतिशत सम्पत्ति

मात्र ०.१ प्रतिशत मानिससँग विश्वको कुल सम्पतिको १३ प्रतिशत हिस्स छ । यसका अलावा पछिल्लो ३६ वर्ष भित्र जो नयाँ सम्पति बन्यो तिनमा पनि २७ प्रतिशत मात्र १ प्रतिशत धनीहरुको अधिकार छ । 

वाँकी ७३ प्रतिशत सम्पत्ति विश्वको ९९ प्रतिशत मानिसकाबीचमा रहेको छ । अर्थशास्त्री थोमस पिकेटीले विश्व असमानता रिपोर्टमा यस्तो भनेका हुन् । 

थोमस पिकेटीले सुन् १९८० देखि २०१६ बीचमा आएको आकडा जुटाएर यो रिपोर्ट तयार गरेको हो । यस रिपोर्ट तयार गर्न फ्रान्सका अर्थशास्त्रीका अलावा अन्य १०० जना सहभागी थिए । 

रिपोर्टका अनुसार १९८० देखि २०१६ का बीचमा ०.०१ प्रतिशत मासिको सम्पत्तिमा वृद्धि भएको छ त्यो विश्वको ५० प्रतिशत गरिबको जनसंख्या को बराबरी रहेको छ । 

यस रिपोर्टमा विश्वको सिर्फ ०.००१ प्रतिशत मानिससँग १९८०देखि २०१६ सम्म बनेको नयाँ सम्पत्तिको ४ प्रतिशत हिस्सा छ । यसको मतलब यो हो कि मात्र ४५ हजार मानिससँग पछिल्लो ३६ वर्षका बीचमा बनेको नयाँ सम्पत्तिको ४ प्रतिशत हो । 
 

salt training

कमेन्ट गर्नुहोस्