०९ असार २०८३, मंगलबार

क्लब डेजाभु प्रकरणः  पूर्व क्रिकेटरसहित सात जनामाथि ठगी मुद्दा

मंसिर २९, २०७४
क्लब डेजाभु प्रकरणः  पूर्व क्रिकेटरसहित सात जनामाथि ठगी मुद्दा

क्लब डेजाभु प्रकरणमा संलग्न सञ्चालकसहित सात जनामाथि प्रहरीले ठगी आरोपमा अदालतमा मुद्दा दायर गरेको छ । 

काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबले चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोको प्रस्तुती रहने भन्दै टिकट कटाएपनि उनी उपस्थित नभएपछि क्लबमा तेडफोड भएको थियो ।

महानगरीय अपराध महाशाखाले उनीहरुलाई ठगी ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरि अनुसन्धान अघि बढाएको महानगरिय अपराध महाशाखाका प्रमुख दिवश लोहनीले जानकारी दिए । 

लोहनीका अनुसार पक्राउ परेका सातजनालाई शुक्रवार दिउँसो काठमाडौ. जिल्ला अदालत म्याद थपका लागि उपस्थित गराइएको थियो । जसमा पृथु बाँस्कोटा, मयक खड्का, जयन श्रेष्ठ, आकाश न्यौपाने, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र रितेश माडवाडी रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्