२३ असार २०८३, मंगलबार

काठमाडौं महानगरमा डिजिटल नक्सा पास सेवा

मंसिर २९, २०७४
काठमाडौं महानगरमा डिजिटल नक्सा पास सेवा

काठमाडौं, २९ मंसिर- काठमाडौं महानगरपालिकाले डिजिटल नक्सापास सेवा सुरु गरेको छ । महानगरपालिकाले घरमै बसेर अनलाइनमार्फत नक्सा पास गराउने सेवा शुक्रबारदेखि सुरु गरेको हो ।  सेवा उद्घाटन गर्दै महानगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लागिएको बताए । 


अहिले स्वेच्छिक रुपमा लिन सकिने यो सेवा आगामी बैशाखबाट अनिवार्य गर्ने योजना बनाइएको शाक्यले जानकारी दिए । अब नक्सा पास गर्दा नक्सा पास गर्ने अधिकारीहरुको डिजिटल हस्ताक्षर रहनेछ । 


अनलाइन प्रविधिमा गएपछि सेवाग्रहीसँग प्रत्यक्ष सम्वाद नहुने भएकाले अनियमितताको सम्भावना घट्ने विश्वास महानगरपालिकाको छ । महानगरले आफ्नो सेवालाई प्रभावकारी नाउन गतवर्ष बाटै अनलाइन ‘मार्स’ सिस्टम तयार गरेर सञ्चालनमा ल्याएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्