
काठमाडौं २९ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावमा पार्टी पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । अध्यक्ष थापाले शुक्रवार एक विज्ञप्ति प्रकाशितगरी चुनावमा पराजयको जिम्मेवारी लिने बताएका हुन् ।
‘पार्टी कार्यकताहरुको अथक प्रयासका वावजुद निर्वाचनमा यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो । अब के गर्ने यसवारे हामी गंभीरताका साथ बिचार गर्ने नै छौ’ अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन् ।
नंया संबिधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट बिचार बोकेको राष्ट्रवादी पार्टीको रुपमा स्थापित राप्रपाको औचित्य, आबश्यकता र महत्व समाप्त नहुने उनले दावी गरेका छन् । अध्यक्ष थापाले निर्वाचनबाट देशको सबै भन्दा ठूलो पार्टी भएकोमा नेकपा (एमाले) लाई बधाई दिएका छन् ।