०२ असार २०८३, मंगलबार

अक्षय कुमारको नयाँ फिल्म प्याडम्यानको ट्रेलर सार्वजनिक (भिडियोसहित)

मंसिर २९, २०७४
अक्षय कुमारको नयाँ फिल्म प्याडम्यानको ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २९ मंसिर — बलिउड सुपरस्टार अक्षय कुमारको आगामी फिल्म प्याडम्यानको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ । 

फिल्ममा अक्षयसँगै राधिका आप्टे र सोनम कपूरको पनि प्रमुख भूमिका छ । 

आर बाल्कीले फिल्म निर्देशन गरेका हुन् । 

प्याडम्यानको एक दृश्यमा अक्षय आफैंले प्याड लगाउने कोशिश गरेको देखिन्छ । 

ट्रेलरको शुरुवात अमिताभ बच्चनको आवाजका साथ हुन्छ । त्यसमा उनले प्याडम्यानको परिचय दिएका छन् । 

अमिताभ भन्छन्, ‘अमेरिकासँग सुपरम्यान, ब्याटम्यान र स्पाइडरम्यान छ तर भारतसँग प्याडम्यान छ ।’

फिल्म प्याडम्यान तमिलनाडुका अरुणाचलम मुरुगनाथमको जीवनीमा आधारित छ । फिल्ममा अक्षय सामाजिक कार्यकर्ताको भूमिकामा देखिनेछन् । 

अक्षयले फिल्ममा रजस्वला भएका महिलाको समस्याका विषयमा जागरुकता जगाउने काम गर्छन् । 

फिल्ममा महिलाहरूका लागि स्यानिटरी न्यापकिन बनाउने मशिनको आविष्कार गरेर ग्रामीण इलाकामा जागरुकता फैलाउनका लागि मुरुगनाथमले गरेको संघर्ष देखाइनेछ । 
 

हेरौं ट्रेलर :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्