०७ असार २०८३, आइतबार

हारेपनि कांग्रेस नम्बर वान पार्टी : कोइराला

मंसिर २९, २०७४
हारेपनि कांग्रेस नम्बर वान पार्टी : कोइराला

नवलपरासी, २९ मंसिर - नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले अब नेपाली काँग्रेसले कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्  । 

बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी डा कोइरालाले आज आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद व्यक्त गर्दै यस्तो विचार राखेका हुन् । 

नेपाली काँग्रेस समृद्ध राष्ट्रको पक्षमा रहेको र काँग्रेसले प्रतिपक्षमा बसेर सकारात्मक भूमिका खेल्ने कोइरालाले उल्लेख गरे  । 

सिटमा तलमाथि भए पनि विचार र सिद्धान्तमा नेपाली काँग्रेस नम्बर वान पार्टी भएको उनले  दाबी गरे  । देशभर काँग्रेसका शुभेच्छुक बढिरहेको समानुपातिक मतगणनाले पुष्टि गरेको कोइरालाको भनाइ रहेको छ । 

प्रतिनिधिसभा सदस्य डा शशांक कोइरालाले विगतमा नवलपुर क्षेत्रमा आफ्नो उपस्थिति कम भएको स्वीकार गर्दै अब समयसमयमा जनताका माझ आइरहने प्रबिद्धता व्यक्त गरे  । 

यस्तै नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ (क) का प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध नवलपुरका लागि जनताले गरेको मतदान खेर जान नदिने भन्दै आम मतदाताई धन्यवाद ज्ञापन गरे  । 

salt training

कमेन्ट गर्नुहोस्