
काठमाडौं, १ पुस- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ तेस्रो दल बनेको नेपाली कांग्रेस प्रतिनिधिसभातर्फको समानुपातिक मतका कारण दोस्रो दल बन्ने निश्चित भएको छ ।
कुल १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेकोमा शुक्रबार रातिसम्मको मतगणनामा एमालेभन्दा कांग्रेस ६७ हजारको अन्तरमा देखिनु र माओवादी केन्द्र त्यो भन्दा धेरै कम हुनुले कांग्रेसले दोस्रो पार्टीका रूपमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निश्चित भएको हो ।
७३ जिल्लाको समानुपातिकतर्फको मतपरिणाम आइसक्दा कांग्रेसको ३० लाख ५२ हजारभन्दा बढी मत छ, राजधानी दैनिकले खबर छापेको छ । पहिलो दल एमाले बनेको छ |