१० असार २०८३, बुधबार

को-को बन्दैछन्  प्रदेश प्रमुख सचिव ?

पुस १, २०७४
को-को बन्दैछन्  प्रदेश प्रमुख सचिव ?

काठमाडौं, १ पुस-  सातै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सरकारले प्रदेश प्रमुख सचिवको रूपमा सरकारका सचिवहरूलाई जिम्मेवारी दिएर पठाउने तयारी अन्तिम चरणमा पुर्‍याएको खबर अन्नपूर्ण पोस्टले छापेको छ।

प्रधानमन्त्री कार्यालयले हाल रहेका पाँचवटा क्षेत्रीय प्रशासन कार्यालयका सचिवलाई नै प्रदेश प्रमुख सचिवको रुपमा पठाउने भएको हो। बाँकी दुई प्रदेशका लागि केन्द्रबाट दुईजना वरिष्ठ सहसचिवलाई कामु जिम्मेवारी दिएर पठाइने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
प्रदेश १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ६ मा सुरेश प्रधान र प्रदेश ७ मा लक्ष्मीराज पौडेललाई खटाउने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। यसैगरी प्रदेश २ र ५ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइराला र वैकुण्ठ अर्याललाई कामु जिम्मेवारी दिएर पठाइँदै छ।
 

salt training

कमेन्ट गर्नुहोस्