०९ साउन २०८३, शनिबार

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच 'वान टु वान' वार्ता

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच 'वान टु वान' वार्ता

काठमाडौं, १ पुस– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्ड र देउवाबीच वान टु वान वार्ता भएको हो । 

देउवा र प्रचण्डबीचको भेटमा निर्वाचनपछिको राजनीतिक घटनाक्रम, राष्ट्रियसभा गठनलगायतका विषयमा छलफल भएको बताइएको छ । श्रोतका अनुसार भेटमा प्रचण्डले निर्वाचनपछिको परिणामलाई सहज रुपमा लिन देउवालाई आग्रह गरेका छन् । 
निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनको गृहकार्यमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि प्रचण्डले हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्