०४ साउन २०८३, सोमबार

जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न कांग्रेसलार्इ नेता नेपालको आग्रह

जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न कांग्रेसलार्इ नेता नेपालको आग्रह

जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न कांग्रेसलाई पूर्व प्रधानमन्त्री एबं नेकपा एमालेका नेता माधबकुमार नेपालले आग्रह गरेका छन् ।

शनिबार बिहान काठमाडौ क्षेत्र नंम्बर २ अन्तर्गत पेप्सिकोला टाउन प्लानिङमा आयोजित बिजय र्याली पछिको सम्बोधनमा नेता नेपालले संबिधान कार्यान्वयनको बाटोमा अघि बढीरहेको परिस्थितिलाई गंजागोल नबनाई आफैले बनाएको विधि र प्रकृयालाई आत्मासात गर्न कंग्रेसलाई आग्रह गरे ।

नेता नेपालले वामगठबन्धनलाई जनताले दिएको साथको सम्मान गर्दै कांग्रेसलाई जनमतको कदर गर्न आग्रह समेत गरे । बामपंथीहरुको अग्निपरीक्षा सुरु भएको भन्दै नेता नेपालले ढिलासुस्ती र काम नगर्ने प्रवृत्तिको अन्त्य गर्दै सुसानको प्रत्याभूति दिने गरि वामपन्थी नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए । बिजय जुलुसमा नाच गानका साथ पेप्सिकोला क्षेत्रका मतदाताहरुको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्