१४ असार २०८३, आइतबार

डेरा सरे प्रचण्ड, नयाँ घर कसको ?

डेरा सरे प्रचण्ड, नयाँ घर कसको ?

काठमाडौं, १ पुस– लाजिम्पाटमा बस्दै आएका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यहाँबाट ललितपुर सरेका छन् ।  प्रचण्ड ललितपुरको खुमलटारमा सरेको उनी निकट स्रोतले जनाएको छ ।
 
ललितपुर–१५ स्थित खुमलटार हाइटस्थित नयाँ घरमा शुक्रवार साँझबाट प्रचण्डको परिवार बस्न सुरु गरेको बताइएको छ । यद्यपी पूर्णरुपमा लाजिम्पाटबाट सामान भने सारिएको छैन । 

प्रचण्डले शुक्रवार राती खुमलटारकै निवासमा बताएको बताइए पनि अझैं पनि भेटघाट भने लाजिम्पाटमै गर्दै आएका छन् । आज बिहानमात्रै वाम गठबन्धनका विद्यार्थी संगठनको प्रचण्डलाई बधाई दिने कार्यक्रम लाजिम्पाटमै राखिएको थियो । 

अहिले सामान सार्ने काम भइसकेकाले पूर्णरुपमा खुमलटारमा सिफ्ट हुन कम्तीमा पनि एक साता लाग्ने बताइएको छ । 

रोचक त के छ भने प्रचण्ड र पूर्व सेनापति रुकमाङ्गद कटवालको निवास नजिकैको दूरीमा रहेको बताइएको छ ।  त्यसो त माओवादी केन्द्रकै अर्का नेता नारायणकाजी श्रेष्ठको निवास पनि ललितपुरको हात्तीवनमा रहेको छ । 

प्रचण्ड बस्न लागेको घर कसको हो भन्नेचाहिँ खुलिसकेको छैन । यसअघि प्रचण्ड बसेको लाजिम्पाटको घरलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गर्दथ्यो ।

salt training

कमेन्ट गर्नुहोस्