
काठमाडौं, १ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालका लागी जापानका राजदुत मासाशी ओगावाले बधाइ ज्ञापन गरेका छन । वामगठबन्धनले बहुमत ल्याएपछि त्यसको नेतृत्वकर्ता ओलीलाई उनकै निवास बालकोटमा आएर राजदुत ओगावाले बधाइ दिएका हुन ।
शनिवार भएको भेटमा ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानुनको परिधिमा रहेर काम गर्ने बताए । आफूले भ्रष्टाचार न्यूनिकरण,विकास,समृद्धि,पारदर्शीता जस्ता कुराहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । ओलीले लोकतन्त्रका आधारभुत मूल्य मान्यता स्थापित गर्ने कुरामा प्रतिवद्ध रहेको बताए ।
ओलीले आगामी सरकार असमानता,गरिबी,सामाजिक विभेद जस्ता नेपाली समाजका वेथितीहरु ह्टाउन प्रयासरत रहने बताए ।
जापानबाट आफूले सदाजस्तै विकास निर्माण,सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगहको अपेक्षा गरेको ओलीले बताए । ओलीले भने ‘हामी सबै अन्तराष्ट्रिय छिमेकीको साथ सहयोग लिएर अघि बढ्न तयार छौं । ’
राजदुत ओगावाले नेपालमा अब स्थायी सरकार निर्माणहुने अपेक्षा आफूले गरेको बताए । उनले नेपालको विकास निर्माणमा जापानले विगत देखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।