०७ असार २०८३, आइतबार

पार्टी एकीकरणबाट प्रभाव देखिएन

पार्टी एकीकरणबाट प्रभाव देखिएन

काठमाडौँ, २ पुस  - संघीय समाजवादी फोरम नेपालले आदिवासी जनजाति तथा खास आर्यसँग पार्टी एकीकरण गरे पनि त्यसको परिणाम खासै राम्रो देखिएन ।
 मधेश आन्दोलनबाट स्थापित मधेशी जनअधिकार फोरम नेपालले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरी हिमालदेखि तराईसम्म पार्टी विस्तारको खाका बनाउनुका साथै राष्ट्रिय पार्टीको स्वरुप दिनकै लागि मधेश शब्द हटाएर संघीय समाजवादी फोरम नेपाल नाम राख्यो । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एकीकरण भएअनुसारको नतिजा निकाल्न सफल नभएपछि पार्टीका कार्यकर्ता निराश बनेका छन् । 

मधेशी, आदिवासी जनजाति र खस आर्य सम्मिलित छुट्टै पार्टी बनाएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हिमालसम्म संगठन निर्माण गरे  । देशभरि प्रतिनिधिसभाको १६५ सीटमध्ये फोरम नेपालले १३० सीटमा उम्मेदवारी दिएको थियो । फोरम नेपालले प्रतिनिधिसभामा १० र प्रदेशसभामा २४ सीट जितेको छ । देशैभरि संगठन रहेको दावी गर्ने फोरम नेपालले प्रदेश–२ मा मात्र आफ्नो प्रभाव देखाउन सकेको छ । सो प्रदेशबाट प्रतिनिधिसभामा नौ र प्रदेशसभामा २० सीट प्राप्त गरेको छ, गोरखापत्रमा खबर छ  । 
 

salt training

कमेन्ट गर्नुहोस्