०९ असार २०८३, मंगलबार

जाँदाजाँदै कर्मचारी नियुक्ति गर्न मन्त्रीहरूको दबाब

पुस २, २०७४
जाँदाजाँदै कर्मचारी नियुक्ति गर्न मन्त्रीहरूको दबाब

काठमाडौं, २ पुस-  शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही सचिव बिदामा बस्न थालेका छन् भने केहीचाहिँ विभिन्न बहाना बनाउँदै हाजिर गरेर ‘कार्यक्रम छ’ भन्दै निस्कन थालेका छन् ।

‘मन्त्रीको दबाबले सचिवहरू अन्योलग्रस्त र आतंकित हुनुहुन्छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले भने, ‘उहाँहरू उकुसमुकुस हुँदै कहिले यता, कहिले उता गरिरहनुभएको छ । उहाँहरूले आफ्नो पीडा मुख्यसचिव लोकदर्शन रेग्मीलाई पनि सुनाएका छन् ।’

दबाब दिने मन्त्रीमध्येका एक हुन्, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत । उनले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएर आफूनिकट अनिल झालाई नियुक्ति दिलाउन सचिव केदारबहादुर अधिकारीलाई दबाब दिएका हुन् । मन्त्रालयका स्रोतका अनुसार मन्त्री बस्नेतले झालाई नियुक्ति दिनेगरी आवश्यक कागजात तयार पार्न सचिव अधिकारीलाई अह्राएका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्