२६ असार २०८३, शुक्रबार

समानुपातिक मतगणना अन्तिम चरणमा : ४९ हजार ६५२ मतले एमाले अगाडि, सबैभन्दा कम मत कुन पार्टीको ?

समानुपातिक मतगणना अन्तिम चरणमा :  ४९ हजार ६५२ मतले एमाले अगाडि, सबैभन्दा कम मत कुन पार्टीको ?

काठमाडौँ, २ पुस - पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको मतगणनामा अन्तिम चरणमा पुगेको छ | निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना गर्न मात्र अब बाँकी  छ । 
हालसम्म ४९ हजार ६५२ मतको अन्तरले नेकपा एमालेको अग्रता रहेको छ । 

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार   एमाले ३१ लाख ६१ हजार २९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३, नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३, राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७० हजार ४८६ र संघीय समाजवादी फोरमले नेपाल चार लाख ६९ हजार ४६१ मत प्राप्त गर्न सफल भएको छ । 

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ मत ल्याउदा  राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत 'हाम्रो पार्टी' नाम गरेको पार्टीले मात्र  ४२६ मत प्राप्त गरेको छ । 
दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्