०५ साउन २०८३, मंगलबार

जेनजी आन्दोलनबारे प्रश्न उठेपछि बोले कलाकार दीपकराज गिरी

कात्तिक ७, २०८२
काठमाडौं
जेनजी आन्दोलनबारे प्रश्न उठेपछि बोले कलाकार दीपकराज गिरी

जेनजी आन्दोलनबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि कलाकार दीपकराज गिरीले यसबारे प्रष्ट गरेका छन्। उनीपनि तोडफोडमा संलग्न रहेको भन्दै सामाजिक सञ्जालमा प्रचार भएपछि गिरीले प्रष्ट पार्ने प्रयास गरेका हुन् । 

दीपकराज गिरीले सामाजिक सञ्जालमा सुरुमै भएका छन्, 'नेपालका हरेक परिवर्तन सम्बन्धी आन्दोलनलाई समर्थन गरेझैँ यसलाई पनि समर्थन गरेको थिएँ। यदि त्यो अपराध हो भने अपराध त भयो नै।'

उनले आफ्नो सहभागिताबारे थप भनेका छन्, 'त्यो दिन गणेश कार्कीले सर्बपक्षीय सानो भेला बानेश्वरमा राखेका थिए, कलाकारको रूपमा हामीलाई पनि आउन आमन्त्रण गरेका थिए। म घरबाट हिँडेँ, त्यतिबेला बाहिर सामान्य तोडफोड भैरहेको थियो। मेरो घरबाट बानेश्वर जाने बाटोमा पर्दो रहेको घर देखेँ, कसको घर हो थाहा थिएन। केही केटाहरूले तोडफोड भैसकेको घर हेरिरहेका थिए र  मलाइ हात हल्लाएर फोटो पनि खिचिनैरहेकै थिए । तर अहिले त्यस फोटोबाट आफ्नै कथा बुनेको देखियो।'

दीपकराजले दोस्रो फोटोको प्रसङ्गमा भने, 'छलफलपछि हामीले तोडफोड नगरौं भन्ने भिडियो बनायौं, घर आएर लगातार राष्ट्रको सम्पत्ति जोगाऔं भन्ने स्ट्याटस राख्थ्यौं। वास्तविकमा आन्दोलन एउटा पाटो थियो, आगजनी र विध्वंस अर्को पाटो। त्यसमा दलका मान्छे र स्वार्थ समूहहरू पनि सहभागी भएको प्रमाणित भैसक्यो।'

उनले आफ्नो भूमिका स्पष्ट पार्दै भनेका छन्, “मेरो सवालमा, म कुनै समूहमा आबद्ध नभएको कलाकार हुँ। देशमा भएको तोडफोड र आगजनीमा मेरो सहभागिता छैन। यदि प्रमाणित हुन्छ भने हदसम्मको कारबाहीका लागि तयार छु।'

salt training

कमेन्ट गर्नुहोस्