०५ साउन २०८३, मंगलबार

आन्दोलनरत नर्सका माग तत्काल सम्बोधन गर्न प्रचण्डको आग्रह

कात्तिक १२, २०८२
काठमाडौं
आन्दोलनरत नर्सका माग तत्काल सम्बोधन गर्न प्रचण्डको आग्रह
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेसागत अधिकार सुनिश्चितता नभई जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने भन्दै उनीहरूका माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।

'नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेसागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन । त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ,' उनले लेखेका छन् । 

उनले करिब डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारीहरूले तोकिएको तलबमान भन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

'यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारीहरू तोकिएको तलबमान भन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरुद्ध विभिन्न चरणमा आन्दोलनरत छन्,' उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्