०५ असार २०८३, शुक्रबार

काठमाडौको टोखामा गोली चल्यो, एक जना घाइते

काठमाडौको टोखामा गोली चल्यो, एक जना घाइते

काठमाडाैं, ५ पुस–  काठमाडौको टोखामा गोली चलेको छ । टोखा नगरपालिका– १ झोरमा गोली चलेको हो । जंगलबाट एक राउण्ड गोली चलेको प्रहरीले जनाएको छ ।

गोली लागेर एक जना महिला घाइते भएकाे र उनकाे उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

गोली चलेको क्षेत्र शिवपुरी निकुन्जभित्र पर्छ । जहाँ नेपाली सेनाको सुरक्षा छ । 

प्रहरी स्रोतका अनुसार चोरी सिकार गर्ने व्यक्तिले मृग मार्न गोली चलाएका हुन् । मृगलाई हानेको गोली निकुन्ज क्षेत्र नजिकै घाँस काट्न गएकी  एक महिलालाई लागेको हो ।

गोली लागेर घाइते हुनेमा स्थानीय दूर्गा चुँडाल रहेकी प्रहरीको भनाइ छ ।  उनकाे धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्